टोकियो । आठौँ संस्करणको नेपाल जापान अध्यायन केन्द्र जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तीव्रताको साथ तयारी अन्तिम चरणमा पुगेको छ ।
मार्च १७ तारिख आईतबार हुने जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजकहरुले आवेदन दिएका मध्ये १४ जना प्रतिष्पर्धीहरुको नाम सार्वजनिक गरेका छन् ।
नेपाकेनले जापानमा विभिन्न क्षेत्रमा अध्यायनरत नेपाली विद्यार्थीहरुको जापानी भाषामा दक्षता अभिवृद्धि गर्ने उदेश्यले यस किसिमको प्रतियोगिता आयोजना गर्दै आएको छ । यस प्रतियोगितामा,प्रथम पुरस्कार ५० हजार येन,दोस्रो ३० हजार येन र तेस्रो २० हजार येन रहनेछ भने दर्शकको रोजाइमा पर्ने अडियन्स पुरस्कार १० हजार येन रहने आयोजक संस्थाले जानकारी गराएको छ ।
हरेक वर्ष हुँदै आएको यस प्रतियोगिताका लागि जापानमा रहेका नेपाली विध्यार्थीहरूले सहभागिता जनाउन पाउने छन। प्रतियोगिता,आगामी मार्च १७ तारिकका दिन दिउँसो १ बजेदेखि टोकियोको रिस्योउ विश्वविद्यालयको सभाहलमा हुनेछ ।


