बिहिबार, बैशाख १७, २०८३

१५ वर्षमा कालिकोटका १२ हजार युवा बैदेशिक रोजगारीमा

कालिकोट । १५ बर्षमा कालिकोटका १२ हजार हजार युवाहरु बैदेशिक रोजगारीका लागि जिल्ला छोडेको पाईएको छ ।

भारत वाहेकका अन्य मुलुक जानका लागि चाहिने परिचयपत्र एमआरपि पासर्पोट वनाउनका लागि जिल्ला प्रशासन कार्यालय कालिकोटवाट लिएको पासपोट सिफारिसले जिल्लाका १२ हजार वढि युवाले  जिल्ला छोडेको तथ्य भेटिएको हो ।

कालिकोट प्रशासनवाट हाल सम्म १० हजार ६ सय २२ जनाले पासपोर्टका लागि सिफारिस लिएका छन् । आर्थिक वर्ष २०७४, ०७५ मा मात्रै जिल्ला प्रशासन कार्यालय कालिकोटवाट एक हजार एक सय ९ जनाले पासपोर्टका लागि सिफारिस लिएको साहयक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिनुभयो ।