बिहिबार, बैशाख १७, २०८३

संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको मुख्यमन्त्री राउतको आरोप

काठमाडौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा आयोजित ‘संघीयता कार्यान्वयन’ बिषयक अन्तरक्रियामा मुख्यमन्त्री राउतले संविधान विपरित आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको धारणा राख्नुभयो ।

प्रदेशमा समानान्तर सरकार चलाउन संविधानले नचिन्ने प्रमुुख जिल्ला अधिकारीलाई प्रहरी प्रशासन परिचालनको जिम्मा दिन खोजिएको उहाँको भनाइ थियो ।