शुक्रबार, बैशाख ०७, २०८१

आज छैठौं विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौ । आज छैठौं विश्व वन्यजन्तु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको ६८ औं साधारणसभाले सन् २०१३ मा घोषणा गरे अनुसार प्रत्येक वर्ष मार्च ३ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

‘लाइफ विलो वाटर, फर पिपुल एण्ड प्लानेट’ भन्ने मूल नाराका साथ यसवर्ष यो दिवस मनाउन लागिएको छ ।

वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले र बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठुला बिराला, बाघ, हिउँ चितुवा, चितुवा लगायत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न यो दिवस मनाउने गरिन्छ ।