काठमाडौ । कर्मचारी समायोजनलाई लिएर असन्तुष्टि जनाउँदै आएको सरकारी चिकित्सक संघ (गोदान) ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा संघका प्रतिनिधिहरुसहित हिजो भएको वार्तापछि गोदानले आफ्नो आन्दोलन स्थगित गरेको हो ।
प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहितको वार्तामा प्रधानमन्त्रीले संघका माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको गोदानका महासचिव डा.रविन खड्काले बताउनुभयो ।
प्रधानमन्त्रीबाट आएको ठोस प्रतिवद्धता कार्यान्वयन हुने विश्वासका साथ पूर्वघोषित ‘अनिश्चितकालीन स्वास्थ्य सेवा बहिष्कार’ कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।

