बिहिबार, बैशाख १७, २०८३

रोकिएन झरी आज पनि देशभर वर्षा र हिमपात हुने

काठमाडौ । मौसम बदली भई देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार रातिदेखि सक्रिय भएको पश्चिमी वायुको प्रभावका कारण आज पनि देशैभरी मौसम बदली भई वर्षा तथा हिमपात हुने छ ।

पश्चिमका धेरै तथा पूर्व र मध्यका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले मातृसन्देश डट कमसँग बताउनुभयो ।

मौसम बदलीको प्रभावले उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ । अझैँ केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने अनुमान गरिएको छ ।