शुक्रबार, बैशाख ०७, २०८१

कास्कीमा चिर्पटले हान्दा एक युवाको मृत्यु

पोखरा । कास्कीमा चिर्पट दाउराले हान्दा एक युवाको मृत्यु भएको छ ।

शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्म गाँउमा सामान्य भनाभन पछिको झगडामा चिर्पट दाउराले हान्दा गम्भिर घाइते भएका पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २२ बर्षीय मनोज गर्बुजाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । मृतक गर्बुजाको चिर्पट दाउराले प्रहार गर्दा टाउको, मुख र शरीरमा गम्भिर चोट लागेको बताइ । झगडाको क्रममा घाईते स्थानिय २६ बर्षीय लाल बहादुर गुरुङ र १८ बर्षीय शिव बानियाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए । झगडामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता पुरीले जनाए ।
मादक पदार्थ सेवन गरी एक आफसमा भनाभन पछि याङ्लुङ्म र लामाचौरका युवाहरु बिच कुटाकुट भएको बताइएको छ । झगडा भएको स्थानियले जानकारी गराएसंगै प्रहरीको टोली घटनास्थनमा पुगेको थियो ।