बिहिबार, बैशाख १३, २०८१

पदाधिकारी नहुँदा पुरुष सचिवको भरमा महिला आयोग

काठमाडौ । राष्ट्रिय महिला आयोग डेढ वर्षदेखि पदाधिकारीबिहीन हुँदा महिला अधिकार र सशक्तिकरणसम्बन्धी नीतिगत कार्यहरु प्रभावित भएका छन् भने दैनिक प्रशासन सचिवको भरमा चल्दै आएको छ ।

देशमा महिला हिंसाका घटना बढ्दै गइरहेको अवस्थामा आयोग पदाधिकारीबिहीन हुँदा प्रशासनिक काम कारबाहीमा समेत बाधा उत्पन्न भएको पाइएको छ । २०४७ साल असोज २९ गते राष्ट्रिय महिला आयोग ऐन बनेदेखि आयोग सबै पदाधिकारीबिहीन भनेकाले सचिव अनिलकुमार ठाकुरको भरमा नियमित कार्य हुँदै आएको हो ।

प्रेस वक्तव्य, गुनासो सुनुवाइजस्ता काममा अप्ठयारो परेको बताउँदै आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले भन्नुभयो– ‘यस्तो संवेदनशील निकाय सरकारको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । यसले गर्दा कतिपय नीतिगत कुरामा ठोस निर्णय लिन सकिएको छैन ।’  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।