बिहिबार, बैशाख १३, २०८१

टोकियोमा दोस्रो महिला भलिवल प्रतियोगिता हुने

टोकियो । गैरआवसीय नेपाली संघ(एनआरएनए) जापानले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दोस्रो महिला भलिवल प्रतियोगिता हुने भएको छ । गत बर्ष पहिलो पल्ट एेतिहासिक रुपमा सम्पन्न भएको यस अभियान यस बर्ष यहि मार्च महिनामा आयोजना गर्ने गरि महिला उपाध्यक्ष अनिता गुरुङलाई संयोजकको ज़िम्मेवारी दिएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।
गत बर्ष आठ टिमले भाग लिएको महिला भलिवलमा यो बर्ष बृद्धि हुने लक्ष आयोजकले अपेक्षा गरेको छ । महिला हक ,अधिकारसंगै एनआरएनए जापानले महिला हिंसा बिरुद्धको अभियानमा सहयोगको लागि नेपालमा माईति नेपालसंग समन्वय गर्दै ५ लाखको कोष पनि स्थापना गरेको छ ।
महिला फोरम बिभाग गठन संगै एनआरएनए जापानले क्षेत्र र रासप गरि कार्यसमितिको लागि ४५ प्रतिशत आरक्षण महिला कोटा बिभिन्न पदमा लागि ब्यवस्था गरेको एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले जानकारी दिनुभयो ।