बिहिबार, बैशाख १७, २०८३

अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ । ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

अधिकारीको निधन भएको नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको पार्थिब शरीर भोलि अन्तिम श्रध्दाञ्जलीको लागि बिहान ९ बजे देखि १२ बजे सम्म नेकपाको पार्टी केन्द्रीय कार्यालयमा राखिने पार्टी कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।