बिहिबार, बैशाख १७, २०८३

अध्यक्ष दाहाल मर्माहत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारजनलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले नेपालका पहाडी भू–भागमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकाप्रति सचेत गराउँदै उहाँले देशैभरीका सडकको स्तरोन्नति गरी सुरक्षित सडकका रुपमा विकास गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।रासस