काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।
बिहीबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।उहाँका स्वकीय सचिव दुर्गा चापागाइँका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले आज दिउँसो घर पठाउने तयारी भइरहेको छ ।
उहाँको उपचारमा चिकित्सकहरु यादवदेव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको थियो ।
यस्तै, हिजो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनुभएको थियो ।

