बिहिबार, बैशाख १७, २०८३

भारतले बनाएको बाँध भत्काउन आएका थिए रवीन्द्र

बाँके । भारतले सन् १९८५ मा लक्ष्मणपुर बाँध निर्माण गर्यो । अन्तर्राष्ट्रिय सन्धी सम्झौताविपरित राप्ती नदीमा बनेको त्यो बाँधले गर्दा बाँकेका आधा दर्जनभन्दा बढी गाउँका जनता वर्षेनी डुबान, कटन र पटानमा परिरहेका छन् ।

‘हा यही  बाँध भत्काउनुपर्छ भनेर तत्कालीन अखिलका अध्यक्ष रवीन्द्र अधिकारी नेपालगन्ज आएका थिए, अखिल हुँदै पार्टी राजनीतिमा पुगेका रन्त खत्रीले नेकपाले पार्टी कार्यालयमा आयोजना गरेको शोकसभामा सम्झिए, रवीन्द्रदाइ राष्ट्रियताको पक्षमा प्रखर थिए ।’

 

रविन्द्रको नेतृत्वमा अखिलले लक्ष्मणपुर, कालापानी र सुस्ता अतिक्रमणको विरुद्धमा देशव्यापी मार्चपास गरेको थियो ।

लक्ष्मणपुर बाँध भत्काउनुपर्छ भन्दै मार्चपास गर्दै सीमातिर अघि बढेको रवीन्द्र नेतृत्वको टोलीलाई बाँधसम्म पुग्न नदिएपछि होलियामा कार्यक्रम गरेर फर्किको तत्कालीन अखिलका नेता सतिश निरौलाले बताए ।  आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।