बिहिबार, बैशाख १७, २०८३

आज राष्ट्रिय शोक मनाइँदै, सार्वजनिक विदा

काठमाडौ ।आज राष्ट्रिय शोक मनाइदैछ । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यानजानेगरी हिजो भएको हेलिकप्टर दुर्घटनापछि सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

हिजोको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारले आज सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यस्तै, दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन बुझाउन गठन भएको आयोगले आजबाट छानविनको काम सुरु गर्दैछ ।

सरकारले यथाशीघ्र पेश गर्न गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोगगठन गरेको छ ।आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतम रहनुभएको छ भने सदस्यहरुमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।