शुक्रबार, चैत १६, २०८०

८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो

काठमाडौ ।  टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’

चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो ।

परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए ।

२०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।