बिहिबार, बैशाख १७, २०८३

वार्ता मार्फत समस्याको समाधान खोज्न भारत, पाकिस्तानलाइ नेपालको आग्रह

काठमाडौ । शान्तिपूर्ण वार्ताको माध्यमद्वारा समस्या समाधानको लागि भारत र पाकिस्तानलाई नेपाल सरकारले आग्रह गरेको छ ।

छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको हो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै वार्ताको माध्यम मार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित रहेको विज्ञप्तिमा उल्लेख  छ  ।

सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहने र दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह गरेको विज्ञप्तिमा छ  ।