काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ ।
भर्खरै घटनास्थल पुगेको प्रहरीले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरी हबल्दारको नेतृत्वमा एउटा टोली भर्खरै घटनास्थल पुगेको छ ।
पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।
दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार थीए ।
चुच्चे ढुंगाको जंगल नजिकै हेलिकोप्टर टुक्रा टुक्रा अवस्थामा भएको स्थानीय भुपेन्द्र गुरुङले टेलिफोनमा जानकारी दिनुभएको छ । उहाले भन्नुभयो,‘हेलिकोप्टर टुक्रा टुक्रा अवस्थामा छ ।
दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।

