बिहिबार, असार ०४, २०८३

पाकिस्तानी २ वटा लडाकु विमान भारतीय पसेपछि विमानस्थललाई हाईअलर्ट

कश्मीर । पुलवामामा भएको आतंकवादी हलमापछि भारतीय वायुसेनाले पाकिस्तानभित्र पसेर हवाई हमला गरेपछि दुई देशबीचको सीमामा तनाव बढेको छ ।
पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

भारतीय मिडिया आज तकका अनुसार २ वटा पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसे जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ ।

राज्यको लेह, जम्मू, श्रीनगर र पठानकोठका विमानस्थललाई हाईअलर्टमा राखिएको भारतीय संचार माध्यमहरूले जनाएको छ ।

सुरक्षाका कारण एयरस्पेस बन्द गरिएको छ भने व्यवसायिक विमानहरुमा रोक लगाइएको छ ।