बिहिबार, बैशाख १७, २०८३

आगलागी हुँदा एक बालिकाको मृत्यु, एक गम्भीर घाइते

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ८ मा आगलागी हुँदा एक बालिकाको मृत्युको छ । एक जना गम्भीर घाइते भएका छन् ।

गएराती करिब ८ बजे गोदाम बजारमा रहेको उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी ८ वर्षका छोरी आरती थापाको मृत्यु भएको हो । उहाँकै जेठी छोरी ११ वर्षका निरुता थापा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते निरुतालाई उपचारका लागि धनगढी लगिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । थापाको किराना पसलबाट लागेको आगोले सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा आंशिक क्षती भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले बताउनुभयो ।

थापाका २ छोरी आरती र निरुता थापा मैनबत्ती बालेर किताब पढिरहेका बेला मैनवत्ती सल्किएर नजिकै रहेको चाउचाउको पेटीबाट आगो लागेको थियो ।