शुक्रबार, बैशाख ०७, २०८१

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणमा तिव्रता

काठमाडौ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण अन्तर्गत तीस दशमलव २ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सकिएको छ ।

नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब नेपालतर्फ नौ किलोमिटर मात्र बाँकी रहेको नेपाल आयल निगमले जनाएको हो । पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर जङ्गलक्षेत्रको बाटोमा पाइप बिछ्याउन बाँकी रहेका निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँले तीव्र गतिमा काम भइरहेकाले निकुञ्जको वन क्षेत्रमा केहीदिनभित्रै रुख काट्ने काम शुरु गरिने उहाँले बताउनुभयो ।भारतको मोतिहारीदेखि रकसौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको जनाइएको छ ।