बिहिबार, बैशाख १७, २०८३

दुखद खबर : भर्जिनियामा सडक दुर्घटनामा एक वृद्ध नेपालीको मृत्यु

अमेरिका । भर्जिनियाको लिजवर्ग पाइकमा भएको सडक दुर्घटनामा एक वृद्ध नेपालीको मृत्यु भएको छ । वासिङ्टन डिसी लिजवर्ग पाइकमा नजिक पैदल हिडिरहेको यात्रु ७२ वर्षीय चन्द्र भण्डारीलाई ठक्कर दिएर दुर्घटनामा संलग्न गाडी भागेको थियो । भण्डारी फल्सचर्चमा वस्दै आएको स्थानीय मिडियाले जनाएका छन् । हाईवे आई ४९५ मा उक्त दुर्घटना भएको थियो ।

फायरफ्याक्स प्रहरीले उक्त हिट एण्ड रन दुर्घटनाको छानबिन गरिरहेको जनाएको छ । यसका लागि केही समय त्यहाँको सडक बन्द गरिएको थियो । यो दुर्घटनामा मङ्गलवार बिहान करिब साढे ६ बजे तिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना लगत्तै उक्त नरोकी भागेको थियो । गाडीको तीव्र गति दुर्घटनाको कारण हुन सक्ने जनाइएको छ । मृतक भण्डारी भने कुनै नशामा थिएनन् ।

अमेरिकामा केही समय यता मृत्यु हुने नेपालीको संख्या बढिरहेको अबस्थामा यस घटनाले पनी अमेरिकावासी ननेपालीहरू दुःखी बनेको छन ।