धनुषा । धनुषाको ढल्केवरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
राति करिब २ बजेतिर काँकडभिट्टाबाट गौर जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किंदा दुर्घटना भएको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेमा भारत मोतिहारीका जयमंगल ठाकुरका अन्दाजी २५ वर्षका छोरा उदेश ठाकुर । त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने अन्दाजी४० वर्षका शिवकाला देवी मण्डलको पनि मृत्यु भएको धनुषाका एसपी शेखर खनालले बताउनुभयो ।
दुवै जनाको उपचारको क्रममामृत्यु भएको हो । घाइतेहरुमध्ये केहि सामान्य उपचारपछि फर्केका छन् भने केहिको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

