बिहिबार, असार ०४, २०८३

जापानमा ठूलो भूकम्प आउन सक्ने सम्भावना रहेको अनुमान (भिडियोसहित )

टोकियो । जापानमा ठूलो भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको छ ।
जापानको सरकारी प्यानलले बताए अनुसार आगामी ३० वर्षभित्र जापानको उत्तरपूर्वी क्षेत्रमा ७ देखि ८ म्याग्निच्युडको भूकम्प आउने जोखिम रहेको देखिएको जनाएको छ ।

सन् २०११ को मार्चमा पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प आएको थियो । सोही स्थानमा फेरी शक्तिशाली भूकम्प जाने सम्भावना करीब शून्य नै भएको तर अर्को क्षेत्रमा भने नजाला भन्न सक्ने अवस्था नरहेको बताइएको छ ।

भूकम्प अनुसन्धान समितिले अन्य ठाउँमा ठूलो झट्का महसुस हुन सक्ने खतरा रहेको अनुमान गरेको हो ।
पछिल्लो अनुमानमा प्यानलले फुकुशिमा ७ देखि साढे ७ म्याग्निच्यूडसम्मको भूकम्प जाने सम्भावना ५० प्रतिशत रहेको बताएको हो । त्यस्तै सो सम्भावना आओमोरी केन तथा मियागी केनमा ९० प्रतिशतभन्दा बढि रहेको अनुमान गरिएको छ ।
पछिल्ला केही वर्षमा जापानमा शक्तिशाली भूकम्प गएका कारण मानिसहरुले फेरी अर्को ठूलो भुइँचालो त जाँदैन होला भन्ने मानेर ढुक्कले बस्नु भने नहुने समितिका अध्यक्ष नाओशि हिराताले बताएका छन् ।

उक्त भूकम्पबाट बच्न र सुरक्षितको लागि तयार रहन आवश्यक रहेको बताएको छ ।