बिहिबार, असार ०४, २०८३

भारत पाकिस्तानबीच तनाव बढ्दै, के युद्धको स्थिति सिर्जना होला ?

कास्मिर । काश्मिरमा भएको आक्रमणको बदला स्वरुप भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गर्दा ३ सय बढी विद्रोही मारिएको भारतले दावी गरेको छ ।

काश्मिरको पुलवामामा गत फागुन २ गते विद्रोहीले आक्रमण गर्दा ४५ जना भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले सो बम खसालेको स्वीकार गरेको छ । काश्मिरसँगै रहेको बालाकोटमा १२ भारतीय वायु सेनाको विमानले एक हजार किलोको बम खसालेको हो ।

पुलवामा आक्रमणको जिम्मा लिएको पाकिस्तान स्थित जैश ए मोहम्मदको संगठनलाई लक्षित गरि आज बिहान भारतीय वायु सेनाले संगठनको विभिन्न शाखामा बम खसालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बम आक्रमणमा परी संगठनका कमाण्डर समेत ३ सय बढी विद्रोही मारिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । पाकिस्तानमा भारतद्वारा गरिएको आक्रमणपछि पाकिस्तानी सांसदहरुले पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा चर्को नारावाजी गरेका छन् ।

पाकिस्तानी विदेशमन्त्री शाहमहमुद कुरैशीले भारतको आक्रमणको पाकिस्तानले जवाफ दिने चेतावनी दिनुभएको छ । पत्रकारहरुसँगको कुराकानीमा कुरैशीले भारतले पाकिस्तानको सम्प्रुभता उल्लघंन गरेको भन्दै पाकिस्तान चुप लागेर नबस्ने र आक्रमणको जवाफ दिने बताउनुभयो ।