रेशम थामी,जापान । शेर्पा संघ क्षेत्रीय समिति तोचिगीको आयोजनामा २१४६ औँ ग्याल्पो ल्होसार जापानको तोचिगीमा धुमधामसाथ सम्पन्न गरेको छ ।
तोचिगी क्षेत्रमा रहेका शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ग्याल्पो ल्होसार मनाएका हुन ।
हिमाली शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुले मनाउने धुमधामसँग मनाउने ग्याल्पो ल्होसार बिशेष शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन ।
नेपाल आदिवासी जनजाती महासंघ जापानको उपाध्यक्ष पेम्वा शेर्पाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जापानमा रहेका चर्चित नेपाली कलाकारहरुले गित संगित प्रस्तुत गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
पोखरेली गायक सर्वज्ञमान शाक्यको प्रस्तुतिले कार्यक्रमको माहोल तताएको थियो । त्यस्तै गायक नबिन दाहाल, अमृत गुरुङ, लाफा मोन्स्टर ब्याण्डका भिम वाईवा लगायतको टिम, दृष्टि ब्याण्डका कलाकार लगायतको प्रस्तुतीमा पनि सहभागीहरु झुमेका थिए ।
कलाकार बिना गुरुङको नृत्यले कार्यक्रममा रौनक थपेका थियो । कार्यक्रममा शेर्पा संस्कृति झल्कने सांस्कृति नृत्य पनि प्रस्तुत गरिएको थियो । शेर्पा विधि अनुसार पुजापाठ गरी आरम्भ गरिएको कार्यक्रममा बिभिन्न शेर्पा परिकारहरु पनि प्रदान गरिएको थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जापानका सचिव दावा लामा शेर्पा,एनआरएनए तोचिगीका उप–संयोजक सरोज भेटवाल, किराँत राई यायोक्खा किताकान्तो क्षेत्रका बरिष्ठ उपाध्यक्ष शिवराज राई, हाम्रो रेष्टुरेन्ट एण्ड बारका सञ्चालक ओम गुरुङ, लगायत अतिथीको रुपमा थिए ।
निमा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा शेर्पा संघ क्षेत्रीय समिति तोचिगीका अध्यक्ष तथा कार्यक्रम संयोजक डेनी शेर्पा बिशेष सक्रीयतामा सम्पन्न भएको थियो ।

