शुक्रबार, बैशाख ०७, २०८१

निजामती सेवा गठन विधेयक संशोधन गर्न माग

काठमाडौ ।  खुला प्रतिस्पर्धाबाट सहसचिवको पदपूर्ति गर्न मिल्ने यसअघिको व्यवस्था निरन्तर राख्न सांसद्हरूले सङ्घीय निजामती सेवा गठनसम्बन्धी विधेयकमा संशोधन दर्ता गराएका छन्।

विचाराधीन विधेयकमा ८२ वटा संशोधन दर्ता भएका छन्। प्राप्त संशोधनसहितको विधेयक अब प्रतिनिधिसभामा प्रस्तुत हुनेछ। यस्तै, हाल परिमार्जन गरिएको समावेशी क्लष्टर सुधारका पक्षमा पनि संशोधन परेका छन्।

सत्तापक्ष तथा प्रतिपक्षका सांसद्हरूले खुला प्रतिस्पर्धा कायम राख्न संशोधन दर्ता गरेका हुन्। संशोधन अनुसार राजपत्राङ्कित प्रथम श्रेणीमा यसअघि कायम रहेको १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था यथावत राख्न संशोधन दर्ता गरिएको छ ।

मूल विधेयकको दफा ८९१० (ज) को व्यवस्था परिमार्जनका लागि संशोधन दर्ता गरिएको हो। यसअघि पदपूर्तिमा १० प्रतिशत खुला कोटा कायम गरिएको थियो। संशोधनले उक्त व्यवस्था हटाएको छ। गोरखापत्र दैनिकमा खबर छ।