शुक्रबार, चैत १६, २०८०

गोदान र स्वास्थ्य राज्यमन्त्रीबीचको वार्ता विना निष्कर्ष टुङ्गियो

काठमाडौ । सरकारी चिकित्सक संघ गोदानका प्रतिनिधि र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग आज भएको वार्ता बिनानिश्कर्ष टुङ्गिएको छ ।

स्वास्थ्य राज्यमन्त्री यादव सरकारी डाक्टरहरु समस्यामा परेको विषय समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिननसकेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको संघका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । राज्यमन्त्रीले थप गृहकार्य गरी फेरि वार्तामा बस्ने बताउनु भएको उहाँको भनाई छ ।

यसैवीच सरकारी डाक्टरहरुले फागुन १५ गतेअर्थात पर्सि देखि आकस्मिकबाहेकका सबै सेवाबहिस्कार गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सकको समायोजनको विषयमाआफ्नो माग पूरा नगरेको भन्दै उनीहरुले आकस्मिकबाहेकका सेवाबहिस्कार गर्ने बताएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले हिजो सरकारलाई ७२ घण्टे समयसिमादिदै माग पूरा नभएआकस्मिकबाहेकका सेवा ठप्प पार्ने बताएको थियो ।