बिहिबार, बैशाख १७, २०८३

परदेशी गायक सुर्य खड्काको ‘एयरपोर्ट काण्ड’सार्वजनिक

टोकियो । नेपाली लोक संगितलाई माया गर्ने चर्चित परदेशी गायक सुर्य खड्काले यसपाली नेपालको एयरपोर्टमा भएको नेपालीहरुको अपमानलाई समेटेका छन् ।

परदेशी गायकको रुपमा आफुलाई परिचित बनाएका खड्काको ‘एयरपोर्ट काण्ड’ले दर्शकहरुको मन जित्ने कुरामा कुनै शंका नै छैन ।नेपालको एयरपोर्टमा पर्देशमा शरिर गुमाएर रातो बाकसमा आउने दाजुभाई दिदिबहिनीहरुको पिडा एकातिर छ भने अर्को तिर प्रदेशमा दुख गरेर कमाएर आफनो घरमा रहेका आमा, बुवा, श्रीमती छोराछोरी तथा आफन्तहरुलाई ल्याइएका सामानहरु जफत भएको पिडालाई समेटेर खड्काले यसपाली गित बनाएका छन् ।