बिहिबार, असार ०४, २०८३

बंगलादेश एयरलाइन्स अपहरणबाट जोगियो, मारिए अपहरणकारी

ढाका । बंगलादेश एयरलाइन्सको विमान अपहरण गर्न खोज्ने एक युवक सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडान भरेको बीजी १ सय ४७ प्mलाइट नम्बरको विमानलाई अपहरण गर्न खोज्ने युवक मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१ सय ४८ जना यात्रुसहित उडेको विमानमा एक जनाले ककपिटमा पुगेर पेस्तोल देखाउँदै नियन्त्रणमा लिन खोजेका थिए ।ती व्यक्तिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुरा गर्न पाउनुपर्ने माग गरेका थिए ।

विमानका चालकले चलाखीपूर्ण रुपले प्रधानमन्त्रीसँग कुरा गराइदिने आश्वासन दिएर चटगाउँस्थित शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर विमानको आपतकालीन अवतरण गराएका थिए । त्यसपछि सबै यात्रुलाई सकुशलतापूर्वक बाहिर निकालिएको थियो ।