बिहिबार, बैशाख १७, २०८३

पहिलो किस्ता लिएर घर नबनाउने १२ जनाले गरे रकम फिर्ता

मेलम्ची । सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ जनाले पहिलो किस्ता वापतको पचास हजार रुपियाँ फिर्ता गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी –२ का पदमबहादुर तामाङ, सुनकोशी १ का प्रेमबहादुर काकीर्, मेलम्ची ४ का कृष्णहरि खनाल, सुनकोशी ६ का सिताराम भण्डारी, चौ.सा.गढी न.पा–९ का बादल तामाङ रहेका छन् ।

अन्यत्र घर भएका तर अनुदान लिएका मेलम्ची न.पा १३ का झम्कप्रसाद दंगाल, हेलम्बु न.पा १ का मिङमार लामा, चौसागढी न.पा ११ का महेन्द्र गिरी, चौसागढी न.पा ७ का राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दंगालले पनि रकम फिर्ता गरेका हुन् ।