टोकियो । पूर्व स्वास्थ्य मन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद गगन कुमार थापा जापान आउनु हुने भएको छ ।
पूर्व मन्त्री थापा जापानिज संस्थाको निमन्त्रणामा मार्च २ तारीक मा जापान आउन लाग्नु भएके हो ।
नेपाली समुदायसँग भेटघाट गर्नको लागि मार्च ३ तारीक नेपाली जनसम्पर्क समितीको आयोजनामा उहाँ संगको भेटघाट र छलफल कार्यक्रम गरिने भएको जनाएको छ । सो कार्यक्रमको संयोजक महेश श्रेष्ठ रहनु भएको छ ।
जापानबासी नेपालीहरुलाई टोकियोमा हुने ३ तारिख दिनको कार्यक्रम हुने भएकोले जापानवासी नेपालीहरुलाई उपस्थितको लागि समितिले अनुरोध गरिएको छ ।

