शनिबार, असार ०६, २०८३

मदरसा प्रान्तीय सरकारको नियन्त्रणमा

पाकिस्तान । पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ ।

बहावलपुरस्थित मदरेसा तुल असाबर र जामा–ए–मस्जिद सुब्हान अल्लाहलाई नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिई एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको पञ्जावको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षाको जिम्मा भने प्रहरीलाई दिइएको छ । यी मदरसालाई भारतले जैस–ए–मोहम्मदको हेडक्वाटर भनि प्रचार गर्दै आएको थियो ।पाकिस्तानी सूचनामन्त्रीचौधरी फवाद हुसेनले यो कारबाही नेसनल एक्सन प्लानअनुसार गरिएको  पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । मदरसामा ६ सय विद्यार्थी पढ्दै आएका थिए ।