रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ मा एक महिलाको शव फेला परेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग भन्दाकरिब ३ सय मिटर दक्षिण जंगलमाअन्दाजी२२ वर्षकामहिलाको शव फेला परेको हो । महिलालाई कसैले हत्या गरेर फालेको हुनसक्ने स्थानीयको भनाइ छ ।
शवको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
मृतक महिलाको घाँटीलगाएत शरिरका विभिन्न भागमा चोट देखिएकाले कसैले हत्या गरेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

