बिहिबार, बैशाख १७, २०८३

वरिष्ठ भाषाशास्त्री एवम् साहित्यकार पोखरेलको निधन

काठमाडौ ।  वरिष्ठ भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधनभएको छ । उहाँको आज बिहान करिब २ बजे विराटनगरको नोबेल अस्पतालमा निधन भएको हो ।

एक महिनाअघि अचानक मस्तिष्काघात भएपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकाक्रममा बिराटनगरमा उहाँको निधन भएको हो ।

भारतको सिलिगुडी, कहिले काठमाडौँ, कहिले विराटनगरको अस्पतालमा निरन्तर उपचार भइरहेको थियो । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवनगरिरहनु भएकाप्राध्यापकपोखरेललाई भारतको सिक्किममा आफ्नी छोरीका घर गएका बेलागत माघ ६ गते मस्तिष्काघात भएको थियो ।

भाषाविज्ञानका अतिरिक्तउहाँले कथा, उपन्यास, समालोचना, काव्य आदिबाट नेपाली साहित्यलाई योगदानदिनुभएको छ । पोखरेल ८५ वर्षको हुनुहुन्थ्यो ।