बिहिबार, बैशाख १७, २०८३

संसद र संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारले पेश गरेकाविधेयकमाथि छलफ हुनेछ ।

 

आज थप संशोधन विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ । आजै चारवटा समितिको बैठक पनि बस्दैछ । विधायन समिति, सार्वजनिक सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र दिगो विकास सुशासन समितिको बैठक बस्दैछ ।

 

विधायन समितिमा नागरिक लगानी कोष संशोधन विधेयकका विषयमा छलफल हुनेछ । सुनुवाई समितिमा मधेसी, थारु आयोगका पदाधिकारीसँग छलफल हुनेछ भने सुशासन समितिमा अख्तियारले अहिलेसम्म गरेका कामको समिक्षा हुने संसद सचिवालयले जनाएको छ ।

 

राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेययकमाथि छलफल हुनेछ । सबै समितिका बैठक बिहान ११ बजे बोलाइएको छ ।