बिहिबार, बैशाख १७, २०८३

ललितपुरको नख्खुस्थित एनसेलको गेटमा विष्फोट

काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लिको गेटमा विष्फोट भएको छ । घटनामा ३ जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए । दुई जनाको अवस्था सामान्य छ ।

घाइते मध्ये बागडोल बस्ने प्रतिक्षा खड्काको अल्का अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचाररत् दुई जनाको परिचय खुलेको छैन । यसअघि विहीबार राति बाग्लुङमा पनि एनसेल टावरमा आगजनी भएको थियो । यसैबीच,कमलपोखरीको आँगन मिठाई पसल अगाडि पनि शंकास्पद वस्तु भेटिएको छ ।

हाल प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।