काठमाडौँ । अष्ट्रेलियाकी पुर्व राजदुत लक्की शेर्पाले अष्ट्रेलियमा फसेका करिव १५ सय नेपाली विद्यार्थीले अझै धेरै दुख पाउने संभावना रहेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।
अष्ट्रेलियाको एआइबिटी कलेजमा नर्सिङ पढ्दै गरेका नेपाली विद्यार्थीहरु आफु पढेको कलेज नै खारेज भएपछि चिन्तीत बनिरहेको समयमा पुर्व राजदुत शेर्पाले राजदुतको रुपमा रहँदा यस विषयमा गम्भीर रुपमा समस्या समाधानमा चासो दिएको बताउनुभएको छ ।
शेर्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्नु हुँदै यस्तो अवस्था देख्न नपरोस भनेर सम्बन्धित निकाय, सरोकारवालाहरुलाई राजदुतको रुपमा सतर्क गराएको तर नियमक निकाय र केही कन्सल्टेन्सिले गम्भिरतापुर्बक नलिएका कारण विद्यार्थीहरु फस्न बाध्य भएको दावी गर्नुभएको छ ।
उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको छ, ‘यही दिन देख्न नपरुन भनेर नै सम्बन्धित सरोकारवालाहरुलाई राजदुतको रुपमा सतर्क गराएको थियौँ तर यो बिषय नियमन निकाय र केही कन्सल्टेन्सिले गम्भिरतापुर्बक नलिएर चलखेलको बिषय बनाउन पुग्यो ।’
नेपाली विद्यार्थीको सुन्दर सपनामा खेलवाड गर्ने काम भएको भन्दै पुर्व राजदुत शेर्पाले सरकारले यस बिषयमा गम्भिरताका साथ लिएन भने अझ विकराल रुप लिने आशंका व्यक्त गर्नुभएको छ । उहाँले ‘यस बारेमा भबिष्यमा थप उजागर हुँदै जानेछ‘ भन्नुभएको छ तर आफ्नो स्टाटसमा उहाँले कस्तो विषय भन्ने बारे केहीे उल्लेख गर्नुभएको छैन ।
सरकारले सत्य तथ्य खोजेर दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।

