आइतबार, बैशाख ०६, २०८३

तेस्रो हिमालयन गोल्डकपको तयारी पुरा,खेलमा ३१ टीम सहभागी

टोकियो । ‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ फेब्रुअरी महिनाको २४ तारिक आयोजना गरिएको तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिताको तयारी पुरा भएको छ ।

हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा हुन गईरहेको यो प्रतियोगितामा ३१ टीमले सहभागिता जनाएका छन् ।नाम दर्ता गरेका सम्पुर्ण टीमका टीम क्याप्टेनको उपस्थितिमा १७ तारिक आईतबार सिनओकोवुमा अबस्थित रोयल गार्डेन रेष्टुरेण्टमा खेलतालिका प्रकासन भएको संयोजक अखिल लामाले जानकारी दिए ।

बिगतका बर्षमा हाईजिमा युथ क्लवले एकल आयोजना गर्दै आईरहेको यो प्रतियोगितामा यसपाली गल्कोट स्पोर्ट्स क्लव टोकियो पनि संयुक्त आयोजकका रुपमा रहने भएको छ।प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ साथै तेस्रो हुने टिमले पनि नगद १लाख एन सहित ट्रफी हात पार्ने हुदा यो प्रतियोगितालाई सम्पुर्ण नेपाली समुदायले बिशेष प्राथमिकताका साथ हेरेको गल्कोट स्पोर्ट्स क्लव टोकियोका नविन निउरेले जानकारी दिए।

प्रतियोगिता एक दिनमा नै सम्पन्न गर्नु पर्ने हुदा खेल बिहान ठिक १० बजे बाट सुरु हुने हुदा सम्पुर्ण टीमलाई बिहान ठिक ९:३० भित्र खेलस्थानमा उपस्थित भईदिन हाईजिमा युथ क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् ।