टोकियो । ‘फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ आगामी फेब्रुअरी महिनामा हुने तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिताको तयारी तिव्र बनाएको छ ।
सो फुटसल प्रतियोगिताको फेव्रअरी १७ मा टाईसिट सार्वजनिक गर्ने भएको हो ।
टाईसिट कार्यक्रम फेव्रअरी १७ मा शिनओकुवोको रोयल गार्डेनमा दिउसो १ वजेवाट ३ वजे सम्म हुने जनाएको छ ।
हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लव टोकियोको संयुक्त आयोजनामा जापानको टोकियोमा हुने प्रतियोगिता यही फेब्रुअरी २४ तारीखमा सन्चालन हुनेछ । दुबै क्लवले सहमतिमा हाईजिमा युथ क्लवका अध्यक्ष अखिल लामालाई कार्यक्रम संयोजक चयन गरेको छ । प्रतियोगितामा सहभागि हुन ईच्छुक टीमका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही फेब्रुअरी १७ तारीख सम्ममा टीम दर्ता गराउन सक्ने हाईजिमा क्लबका अध्यक्ष अखिल तामाङले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४१ हजार जापानी येन तोकिएको छ ।
बिगतका बर्षमा हाईजिमा युथ क्लवले एकल आयोजना गर्दै आईरहेको यो प्रतियोगितामा यसपाली गल्कोट स्पोर्ट्स क्लव टोकियो पनि संयुक्त आयोजकका रुपमा रहने भएको छ।प्रतियोगिताको विजेता टोलीले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेता टोलीका लागि २ लाख येन पुरस्कार तोकिएको छ साथै तेस्रो हुने टिमले पनि नगद १लाख एन सहित ट्रफी हात पार्ने गल्कोट स्पोर्ट्स क्लव टोकियो का नविन निउरेले जानकारी दिए।
प्रतियोगिता एक दिनमा नै सम्पन्न गर्नु पर्ने हुदा सिमित संख्यामा मात्र क्लबलाई सहभागी गराउन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न हाईजिमा युथ क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् ।
