शुक्रबार, बैशाख ०७, २०८१

सामान जफत गर्ने कार्य तुरुन्त बन्द गर्न अन्तराष्ट्रिय नेपाली समाज जापानको माग

टोकियो । त्रिभुवन विमानस्थलमा सामान जफत गर्ने कार्य तुरन्त बन्द गर्न अन्तराष्ट्रिय नेपाली समाज जापानको माग गरेको छ ।
डॉक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज जापानले एक बिज्ञप्ति जारी गरी सो माग गरेको हो ।

आँफु र आफ्नो परीवारका लागि नै ल्याएका केही उपहार र जिन्सी सामानहरु घर आगनको छेउ आईपुग्ने वेलामा आफ्नै देशको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै देशका कर्मचारीवाट अपहरण शैलीमा लुटमा पर्नु, खोसीन, जफत हुन र लिलामीमा पर्नुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण गरेको बिज्ञप्तिमा भनीएको छ ।
नेपाल सरकार र कर्मचारीतन्त्रको गैर जिम्मेवार रवैयाप्रति हाम्रो संस्था कडा शब्दमा घोर भर्त्सनासमेत गरेको छ ।

यस्तो छ अन्तराष्ट्रिय नेपाली समाज जापान !

        विज्ञप्ति

वेरोजगारीको चपेटामा परीरहेको अवस्थामा आफ्नो रोजीरोटीको लागि विश्र्वका विभिन्न देशहरुमा आफ्नो बल वुताले भ्याएसम्म सकी नसकी दु:खकासाथ श्रम गरी पसीना बगाएर आर्जन गरेको रकमवाट अरु कसैका लागि नभई आफु र आफ्नो परीवारका लागि नै ल्याएका केही उपहार र जिन्सी सामानहरु घर आगनको छेउ आईपुग्ने वेलामा आफ्नै देशको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै देशका कर्मचारीवाट अपहरण शैलीमा लुटमा पर्नु, खोसीन, जफत हुन र लिलामीमा पर्नुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। नेपाल सरकार र कर्मचारीतन्त्रको गैर जिम्मेवार रवैयाप्रति हाम्रो संस्था कडा सब्दमा घोर भर्त्सना गर्दछ ।

यस्ता गैर जिम्मेवार हर्कतहरु तुरुन्त बन्द गर्नुको लागि जोडदार माग पनि गर्दछ। जफत गरी लिलामीमा राखीएका सामानहरु यथासक्य चाँडो सम्बन्धित धनीलाई फिर्ता गरीयोस र बढी भएकोमा आवश्यक सुल्क तिरेर फिर्ता गरीयोस लिलामी गर्नु कदापी स्विकार्य हुन्न । सहुलियत सहित छुटको व्यवस्था कार्यान्वयन गरीयोस ।

देश सफल असफल देशका नागरिक देशमा छन की छैनन् कहाँ छन के गर्दैछन, देशको हैसियतले नागरिकको हैसियत र नागरिकको हैसियतले देशको हैसियत पनि देखाउँदछ। प्रवासीएका नेपालीहरु मातृभुमि फर्क अभियान चलाएर नेपाल नेपाली सहितको समृद्द नेपाल तब मात्र सम्भव हुन्छ नेपाली विनाको समृद्द नेपाल मृगतृष्णा मात्र हुन्छ।

बौद्दिक पलायन सहित जनशक्ति पलायनको समयमा एक प्रवासी नेपाली घर आगनमा आगमन हुदा भन्सार नियमनको नाममा व्यक्तिको नैसर्गिक अधिकार हनन हुनेगरी मानवता विरोधी व्यवहारहरु कसैका लागि सह्य हुन सक्दैन। जनताको मेहनत र पसिनामा सम्मान र गौरव गर्नुको सट्टा खेलवाड गर्नु राष्ट्रिय बेईज्जत सिवाय केही हुन्न।प्रवासी नेपाली मातृभुमी घर परिवार भेटघाटमा आउँछ व्यापार गर्नु आएको हुदैन यसमा व्यापारी र तस्करीको भन्सार नियम लागु हुन सक्दैन्। कर्मठ र बौद्दिक जनशक्तिमाथी नांगो दुर्व्यवहार नगर्नु र नगराउनु हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं।

पदमसिंह ठगुन्ना
२०७५-१-१२
अन्तराष्ट्रिय नेपाली समाज जापान