बिहिबार, असार ०४, २०८३

भारतको काश्मिरमा आतंकवादी हमला,४२ सुरक्षाकर्मी मारिए

काश्मिर । भारतको उत्तरी राज्य काश्मिरमा ठुलो आतंकवादी हमला भएको छ । बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् ।

करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् । यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए । यो हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।

समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए । सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको काकापोराका बासिन्दा आदिल २०१८ मा जैसमा सामेल भएका थिए ।