बिहिबार, बैशाख १७, २०८३

खाल्डो खनेर बोरामा लुकाइएको १८ किलो सुन प्रहरीद्धारा बरामद

भीमदत्तनगर । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ ।

बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुगम कुँवर जानकारी गराउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका कुँवरले पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो ।