बिहिबार, बैशाख १७, २०८३

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ उद्घाटन सम्पन्न

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

बुधाबार सो कार्यक्रमलाई सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बनाउने अभियानलाई अल्मल्याउन नेकपाभित्र समस्या पैदा गर्ने कोशिस भईरहेको बताउनु भएको छ । उहाले हुदै नभएको समस्यालाई जवरजस्ती ल्याउन खोजिएको बताउनु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटनलाई सम्वोधन गर्दै उहाले राष्ट्र बनाउने अभियानलाई अल्मल्याउन अविश्वास जगाउन कोशिस भईरहेको बताउनु भयो । त्यसलाई सजगता र सचेतनाकै रुपमा आफुले लिएको उहाको भनाई छ । ‘प्रयासहरु विभिन्न जे भईरहेका छन् म ति देखिरहेको छु । सरकार संचालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिस ओहो थामिसक्नु छैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उहाले नेकपामा समस्या पैदा गर्ने प्रयास भएको भन्दै एउटा कहानी सुनाउनु भयो । जुन यस्तो छ– ‘बाका कानमा गएर भनेर बा आमा बोक्सी छन, आमाका कानमा गएर भन्ने बा जड्या भएछन् । दुवैले पत्याउदैनन् । फेरी भन्ने बा पत्याउनु हुन्न के गर्ने ? आमा भरे मुख सुध्न आउछिन् । आमाको कानमा गएर भन्ने तपाई पत्याउनु हुन्न, गएर मुख सुध्नुस्, न कस्तो गन्हाउछ । आमा गएर सुधछिन् तर गन्हाउदैन तर बा पक्का हुन्छन् कि, मुख सुध्न त आई बोक्सी त रहेछ ।

उहाले यस्ता प्रयास नगरे पनि हुने बताउदै भन्नुभयो,‘न त आमाले मुख सुध्न जानेछिन न त बा ले बोक्सीको आरोप लगाउने छन् । यहा कुनै चल्ने वाला छैन ।’ प्रधानमन्त्री ओलीले केही शक्तिले नेपालको अन्तराष्ट्रिय सम्वन्ध बिग्राने प्रयास गरिरहेकोमा पनि असन्तुष्टि जनाउनु भयो ।

उहाले विभिन्न देशका मान्छेलाई भेटेर उस्काउने काम भईरहेको बताउनु भयो ।