शुक्रबार, चैत १६, २०८०

सरकारले बिदेश गएकालाई सञ्चय कोष र सामाजिक सुरक्षा कार्यक्रममा समेटिँदै

काठमाडौं । बैदेशिक रोजगारीमा गएका युवालाई संचय कोष र सामाजिक सुरक्षा कार्यक्रममा समेटेर जम्मा भएको रकमलाई सरकारले मुलुकका ठूला परियोजनामा खर्च गर्ने तयारी गरेको छ ।

सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न गठीत कार्यदलले गएको मंगलबार सरकारलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले यस्तो तयारी गरेको हो ।

बैदेशिक रोजगारीमा गएका युवालाई संचय कोष र सामाजिक सुरक्षा कार्यक्रममा समेटेर जम्मा भएको रकमको सेयर कामदार र तिनका परिवारलाई दिने योजना सहित सरकारले मुलुकका ठूला परियोजनामा खर्च गर्ने तयारी गरेको कर्मचारी संचय कोषका प्रशासक तुलसीप्रसाद गौतमले सीआईएनसँग बताउनुभयो ।

आउँदो साउनदेखि वैदेशिक रोजगारीमा जाने नेपालीले पनि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्न पाउनेछन् । रोजगारीका लागि विदेश गएकाले मासीक २ हजारका दरले वार्षिक २४ हजार मात्र जम्मा गर्ने हो भने पनि करिव ९६अर्ब रकम वर्षमा कर्मचारी संचय कोषमा जम्मा हुने कोषले अपेक्षा गरेको छ ।