आइतबार, बैशाख ०६, २०८३

यूएईमा टी ट्वान्टी सिरिजको अन्तिम खेल खेल्दै नेपाल,घरेलु टोलीविरुद्ध मैदान उत्रने

काठमाडौं । संयुक्त अरब इमिरेट्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम तथा तेस्रो टी ट्वान्टी खेल खेल्दै छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २:४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रने क्रममा नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज पनि जित्ने लक्ष्यमा हुनेछ ।

घरेलु टोलीसँगको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को अवस्थामा रहेको छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी–ट्वान्टी सिरिज जितेर इतिहास रच्ने खोजिमा हुनेछ ।

यसअघि नेपालले तीन एखेलको कदिवसीय सिरिज २–१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।