आइतबार, बैशाख ०६, २०८३

प्रदेश ५ मा १०० भन्दा बढि खेल मैदान र आधा दर्जन स्टेडियम निर्माणको प्रकृयामा–मुख्यमन्त्री पोख्रेल

घोराही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश भित्र खेल क्षेत्रको विकासले गति लिएको दावि गरेका छन् ।
उनले प्रदेशभरी यो वर्ष १०० भन्दा बढि खेल मैदान र आधा दर्जन स्टेडियम निर्माणको प्रकृयामा रहेको पनि जानकारी दिएका छन् ।
मुख्यमन्त्री पोख्रेलले आफ़नो सेंसबुक सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गर्दै भनेका छन्–‘प्रदेश ५ मा यो वर्ष १०० भन्दा वढि खेल मैदान र आधा दर्जन स्टेडियम निर्माणको प्रकृयामा छन् । खेलक्षेत्रको विकासले क्रमशः गति लिदैछ भनेका छन । मुख्यमन्त्री यस पोस्टमा राम्रो सुरुवात र शुभकामना दिएका छ ।
प्रदेशको बिकासमा प्रत्यक्ष अनुभूति गर्न पाईने मुख्यमन्त्री पोख्रेल बताए ।