शुक्रबार, बैशाख १८, २०८३

नेपाली कांग्रेसका सभापति देउवाले डा.केसीलाई भने तपाई उठ्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार डा.गोविन्द केसीको जीवनप्रति अशंवेदनशील भएको बताएका छन् ।

आमरण अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका उनले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रयास गरेपनि आफूहरुले नसकेको बताए ।

तर, सँधै यस्तो नहुने उनको भनाइ थियो । देउवाले चिकित्सा शिक्षा विधेयकमा कांग्रेस नैतिक रुपमा बाँधिएको भन्दै डा. केसीको मुद्दाका लागि लडिरहने बताए ।

सरकार भने निकै अशंवेदनशील देखिएको उनले बताए । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’

आफू र आफ्नो पार्टीको मात्र नभई सबै नेपालीको भावना भन्दै उनले अनसनबाट उठ्न आग्रह गरे । देउवाले भने, लामो लडाइँ लड्नुछ, तपाई उठ्नुस् । डा. केसीले भने केही जवाफ दिएनन् ।