बिहिबार, बैशाख १०, २०८३

करॉते गुरु प्रसाई र खपाँगीलाई टोकियोमा सम्मानसहित स्वागत

जापान । खेलबाट जापान र नेपाल दुई देशबीच भाईचारा सम्बन्ध बढ़ाउन जापान आउनु भएका करॉतेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाई र नेपाल सितोरियो करॉते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’लाई सम्मान सहित स्वागत गरेको छ ।

बुधबार टोकियोमा एक समारोहको बीच एभरेष्ट ट्रेडले डिनर कार्यक्रमसहित स्वागत गरेको हो ।
उक्त कार्यक्रममा एनआरएनए महासचिब बुद्धिराज घिमिरे,ब्यवसायी तथा जीपि फाउन्डेशनका जापान संयोजक कुमार कर्की ,एभरेष्ट ट्रेडका प्रमुख शिबप्रसाद पौडेलले शुभकामना दिएका थीए भने अन्य सहभागीहरूले खादा लगाएर स्वागत गरेका थीए ।
करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाई र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ शनिबार जापान प्रस्थान गरेको छ । प्रमुख प्रशिक्षक प्रसाईं र सचिव खपाँगी जापानको टोकियोमा करातेको विशेष प्रशिक्षणको लागि विशेष निमन्त्रणामा जापान आएका थिए ।
जापानमा ४ दिनको भेंटघाट कार्यक्रम पश्चात प्रमुख प्रशिक्षक प्रसाई र नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता खपाँगी आज बिहिबार स्वदेश फिर्ता हुने जनाएको छ ।