Nepali date


सोमवार, माघ ६, २०७६

संगठनले दिएको जिम्मेवारी त्रुटिरहित तरिकाले पूरा गर्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अधिकारीहरुलाई संगठनले दिएको जिम्मेवारी त्रुटिरहित तरिकाले पूरा गर्न निर्देशन दिएका छन् ।

यसअघि १४ माघमा बढुवा भएका प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले आफ्नो काम र क्षमतामा विश्वास गरेर संगठनप्रति पूर्ण समर्पित हुन निर्देशन दिएका हुन् ।

‘हरेक चुनौती र समस्याको समाधान संगठनभित्रै खोजिनुपर्छ उनले भने ‘प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन जग्गा प्राप्ति, निर्माणकार्य, थप प्रहरी विद्यालय स्थापना, प्रहरी अस्पतालको स्तरोन्नति लगायतका काममा संगठन सक्रियतापूर्वक लागेको छ ।

संगठनलाई आधारभूत रुपमा बलियो र गतिशील बनाउन प्राविधिक प्रहरी कर्मचारीको अहम भूमिका रहने उल्लेख गर्दै खनालले संगठन र सेवाप्रतिको निष्ठा, आफ्नो क्षमता, व्यवसायिकता, इमान्दारिता र सकारात्मक सोचसहित संगठनको श्रीवृद्धितर्फ लाग्नु पर्ने बताए ।

संगठनको गरिमा बढाउने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, कानून कार्यान्वयन गर्ने लगायत नेपाल प्रहरीले निभाउनुपर्ने भूमिकाका विषयमा संगठनले आफ्नो दायित्व सक्रियतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले यसलाई सबैले मनन् गर्नुपर्ने जनाए ।

पदोन्नति हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षकमा १२ जना र प्राविधिक प्रहरी नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षकमा २९ जना गरी ४१ जना छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: