काठमाडौँ । गत वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस-बाङ्ग्ला विमान दुर्घटनाबारे नेपाल सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनको बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीहरूले आलोचना गरेका छन्।
उनीहरूले बाङ्ग्लादेशका विमानचालकको मात्रै दोष देखाइएको र त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण कक्षका कर्मचारीको गल्ती नऔँल्याइएको भन्दै छानबिन आयोगको आलोचना गरेका हुन्।
सन् २०१८ को मार्च १२ को दिनमा ढाकाबाट आएको यूएस(बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा दुर्घटना भएको थियो। त्यो दुर्घटनामा विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो।
सुरुमा विमानस्थलका हवाई ट्राफिक नियन्त्रक र विमान चालकबीच राम्रो सञ्चार हुन नसकेकोले विमान दुर्घटना भएको हुनसक्ने ठानिएको थियो।
तर यसै साता सार्वजनिक भएको छानबिन प्रतिवेदनले विमानचालक राम्रो मानसिक स्थितिमा नभएको उल्लेख गरेको छ।
प्रतिवेदनमा विमानचालकले तनावका कारण चालकदलका अन्य सदस्यहरूसँग कराएको र विमानभित्रै धूमपानसमेत गरेको उल्लेख छ।
दुर्घटना छानबिन आयोगको प्रतिवेदनमा भनिएको छ ( यूएस बाङ्ग्ला एअरलाइन्सको उडान बीएस २११ का चालक ूमानसिक रूपमा एकदमै तनावग्रस्त र थकित थिए। त्यो उडानमा नभएकी एक महिला सहकर्मीले उनी दक्ष उडान प्रशिक्षक नभएको भन्दै उनको प्रतिष्ठामाथि नै प्रश्न उठाएकोले उनी तनावमा रहेको भनिएको छ। बीबीसी

